समाचार
ग्यालरी
गजुरी गाउँपालिका सरकारका सरकार प्रमुख श्री गणेशलाल श्रेष्ठ ज्यू को नेतृत्व र कार्यालय प्रमुख श्री राजु अधिकारी ज्यू लगायत पालिकाभित्रका अन्य जनप्रतिनिधि र सुरक्षा निकायका सुरक्षा टोली सहितको उपस्थितिमा सार्वजनिक जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका व्यक्तिहरुको घर तथा टहरा हटाउने कार्य शुरु गरी केहि दिन भित्रै उक्त स्थानको घर टहरा हटाउन निर्देशन सहित जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका घर तथा टहरा भत्काउने कार्य गरियो ।
वडा नं ८ को विभिन्न योजनाहरुको अनुगमन गर्नु हुँदै गजुरी गाउँपालिकाका उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू, गा.पा. का प्र.प्र.अ. श्री राजु अधिकारी ज्यू तथा वडा नं ८ का वडाध्यक्ष श्री देवराज ओझा ज्यू र वडा नं २ का वडाध्यक्ष श्री द्रोण कडेल ज्यू सहित प्राविधिक टोली। मिति: २०७९/१२/३०
आदर्श बहुमुखी क्याम्पस गजुरीमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा आज देखि संचालन भएको छ । समय : प्रत्येक दिन बेलुका ५ बजे देखि ६ बजे सम्म १ घण्टा । मिति: २०८०/०१/०३
हाम्रो समस्या हाम्रै समाधान भन्ने भनाई सहित गजुरी गाउँपालिकाकाे आयाेजनामा सञ्चालित ८ दिने आधारभूत सामुदायिक मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रमकाे समापन तथा सम्मानपत्र प्रदान गर्नुहुँदै गजुरी गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू ।
गजुरी गाँउपालिकाको आयोजना र गा.पा अध्यक्ष श्री गणेश लाल श्रेष्ठ ज्यूको सभाध्यक्षतामा फोहोर मैला व्यवस्थापन, राजमार्ग क्षेत्रको सुरक्षा, नागढुङगा मुग्लिन सडक विस्तार, एकिकृत सेवा केन्द्र तथा इलाका प्रशासन कार्यालय स्थापना, यातायात व्यवस्था कार्यालय स्थापना, एकिकृत पर्यटन कार्यक्रम, त्रिशुली नदि संरक्षण लगायत अन्य विविध कार्यक्रम र विभिन्न क्षेत्रका साझा सवालका विषयहरुमा क्षेत्र स्तरिय छलफल सम्पन्न । साथै कार्यक्रममा धुनिवेसी नगरपालिकाका मेयर श्री बाल कृष्ण आचार्य, गल्छी गाँउपालिकाका अध्यक्ष श्री केदारनाथ खतिवडा, सिद्धलेक गाँउपालिकाका अध्यक्ष श्री पशुराम खतिवडा, बेनिघाट रोराङ गाँउपालिकाका अध्
गजुरी गाउँपालिका आ.व. वार्षिक स्वीकृत २०७९/८० को प्रदेश सरकार ससर्त तरकारी प्रवर्द्धन कार्यक्रम वडा नं ५ राई गाउँमा संचालित आयोजनामा ५ नं वडाध्यक्ष श्री गोविन्द लामिछाने, वडा सदस्य श्री गोविन्द चेपाङ, कृषि शाखा प्रमुख लगायत कृषि प्राविधिकहरुको रोहवरमा विभिन्न कृषक समुहहरुलाई कृषि सामाग्री तथा विउ वितरण कार्यक्रम सम्पन्न गरियो।
वडा नं ६ का विभिन्न योजनाहरुको अनुगमन गर्नु हुँदै गजुरी गा.पा. का उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू तथा वडा नं ६ का वडाध्यक्ष श्री भक्त बहादुर तामाङ ज्यू सहित प्राविधिक टोली। मिति: २०७९/१२/२२