कला तथा सँस्कृतिकाे जगेर्नाकाे निम्ति गजुरी गाउँपालिकाद्वारा आयोजित "हरितालिका तीज विशेष कार्यक्रम २०८०" सम्पन्न । कार्यक्रमका केही झलकहरु
समाचार
ग्यालरी
आदमघाट थुम्कीचौतारा सडक अन्तर्गत निर्माणाधीन मिलनटार किराञ्चोक कालोपत्रे सडकको अनुगमन गर्नु हुँदै तथा ठेकदारलाई गुणस्तरीय र मजबुद काम गर्न निर्देशन दिनु हुँदै गा.पा. अध्यक्ष गणेशलाल श्रेष्ठ ज्यू । मिति: २०८०/०५/१८
वडा नं ७ को योजना अनुगमन गर्न तथा मुल सडकहरूमा देखिएका समस्या समाधानका निम्ति ठेकेदारलाई दिगो विकासका लागि निर्देशन दिनुहुँदै गजुरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत प्राविधिकहरू ।
गजुरी गाउँपालिका,कृषि शाखा र पुष्प विकास केन्द्र गाेदावरी ,ललितपुरकाे संयुक्त आयाेजनामा १ दिवसीय सयपत्री फूल खेति बिषयक तालिम सम्पन्न गरियाे । उक्त तालिममा ३ वटा कृषक समूहका जम्मा ३५ जना कृषक सहभागी भएका थिए ।
आज मिति २०८० असार १० गते स्रोतकेन्द्र भवन गजुरीमा गजुरी गाउँपालिका, गाउँसभाको १२ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गरिएको छ ।
गजुरी गाउँपालिका,कृषि शाखाकाे आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला हेटाैडाकाे प्राबिधिक सहयाेगमा २०८० असार ६ र ७ गते गाउँपालिका स्तरीय माटाे परिक्षण कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा ३१७ वटा स्याम्पल परिक्षण गरिनुका साथै वडाका कृषि प्राबिधिकहरुलाई माटाे परिक्षण सम्बन्धि सहजिकरण गरियाे ।
व्यवसाय दर्ता/नवीकरण सम्बन्धी अनुगमन वडा नं ५ का राजमार्ग आसपासका क्षेत्रमा गरियो । मिति: २०८०/०२/३०
गजुरी गाउँपालिका कृषि शाखाको आयोजना र फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको समन्वयमा सन्चालित दिगो विकास र आर्थिक समृद्धिका लागि रणनैतिक कृषि योजना तर्जुमा सम्बन्धि अनुमोदन कार्यक्रमका दृष्यहरू । मिति: २०८०/०२/२८
व्यवसाय दर्ता/नवीकरण सम्बन्धी अनुगमन वडा नं ६ का राजमार्ग आसपासका क्षेत्रमा गरियो । मिति: २०८०/०२/२९
गजुरी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप वडा तथा पालिका सुनिश्चितता प्रमाणीकरण सभा कार्यक्रम । मिति: २०८० जेठ २८ गते ।