गजुरी गाउँपालिका एक पकेट एक उत्पादन कार्यक्रम (वडा नं ५) अन्तर्गत मिनि टिलर वितरण तथा हस्तान्तरण कार्यक्रमका झलकहरू । मिति: २०८० बैशाख २५ गते ।
समाचार
ग्यालरी
गजुरी गा.पा. ७, डाँडागाउँमा डाँडागाउँ आधारभूत स्वास्थ्य इकाईको शुभारम्भ समारोहका तस्बिरहरू ।
गजुरी गाउँपालिका, गाउँसभाको १३ औँ अधिवेशन गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न । मिति: २०८० चैत्र ४ गते आइतवार ।
गजुरी गाउँपालिकाको आयोजनामा तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा "स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार" मुल नाराका साथ मकैको खोस्टा बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिमको उद्घाटन कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष श्री भक्त बहादुर तामाङको अध्यक्षता तथा गा.पा. उपाध्यक्ष श्री शर्मिला बिसुरालको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।
मिति २०८० मंसिर २७ देखि २९ सम्म जारी गजुरी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८० को समापन गजुरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गा.पा. उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यूले गर्नुभयो ।
"स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" मुल नाराका साथ गजुरी गाउँपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८० काे समुद्घाटन गजुरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गा.पा. उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू ले गर्नुभयो । मिति २०८० मंसिर २७ देखि २९ गते सम्म संचालन हुने उक्त खेलकुद प्रतियोगिताको पहिलो दिनका केहि तस्बीरहरू ।
कृषि विकास शाखा, गजुरी गाउँपालिकाले आयोजना गरेको नि:शुल्क च्याउको बीउ वितरण कार्यक्रममा च्याउको बीउ वितरण गर्नुहुँदै गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू । मिति: २०८० मंसिर ६
गजुरी गाउँपालिकामा सरुवा भई आउनु भएका शाखा अधिकृत, सातौँ श्री पुजन प्रसाद अधिकारीको स्वागत कार्यक्रमका केही झलकहरू । मिति: २०८०/०६/२९
गजुरी गा.पा. कार्यालयमा विगत ३ बर्ष देखि कार्यरत प्रशासन शाखा प्रमुख शिव प्रसाद पाैडेल सरलाई फेरि भेटाैला अर्थात विदाई गर्नुहुँदै, गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू, कार्यालय प्रमुख श्री राजु अधिकारी सर ।
मिति २०८० असोज १४ गते प्रसुती केन्द्र शुभारम्भ भए लगत्तै पाखुरे आधारभूत स्वास्थ्य केन्द्र गजुरी ४ मा असोज १८ मा पहिलो सुत्केरी सेवा लिनहुने सेवाग्राही सँगै सक्षम र लगनशिल स्वास्थ्यकर्मीहरुलाई बधाई सँगै धन्यवाद ।।।