गजुरी गाउँपालिकाबाट महालक्ष्मी नगरपालिका, ललितपुरमा सरुवा भई जान लाग्नुभएका वरिष्ठ शाखा अधिकृत श्री पुजन प्रसाद अधिकारीको फेरि भेटौँला तथा विदाई कार्यक्रमका तस्बिरहरु । मिति: २०८२/१२/२७ गते ।
समाचार
ग्यालरी
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय जुद्व बहादुर गुरुङज्यू, गजुरी गाउँपालिकाका श्रदेय अध्यक्ष गणेश लाल श्रेष्ठज्यू, श्रदेय उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, शाखा प्रमुख लगायतका कर्मचारीहरु र जनप्रतिनिधिज्यूहरुको उपस्थितिमा वित्तीय संघीयता सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो, सम्मानित आयोगका अध्यक्षज्यूको सक्रियतामा गरिएको उक्त कार्यक्रमबाट हाम्रो पालिकाले निकै लाभ लिएको छ।
गजुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा, गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूको अध्यक्षतामा मिति २०८२ फागुन ११ गते शैक्षिक सत्र २०८१ को कक्षा ५ (स्तरमापन), कक्षा ८ (BEE), कक्षा १० (SEE) र कक्षा १२ (SLC) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
साथै सेवा निवृत्त हुनुभएका गजुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख श्री सुन्दर कुमार श्रेष्ठ र अ.न.मी. श्री सरिता रुपाखेतीले स्वास्थ्य सेवामा पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्र प्रदान गरी सम्मान गरिएको छ।
गजुरी गाउँपालिका, गाउँ सभाको १६ ओैँ अधिवेशन मिति २०८२ असार १० गते मंगलवारका दिन सर्वसहमतिका साथ सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष श्री गणेशलाल श्रेष्ठले आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो र दोस्रो बैठकमा उपाध्यक्ष श्री शर्मिला बिसुरालले आगामी आ.व. को बजेट, आर्थिक ऐन, विनियोजन ऐन र पञ्चवर्षीय आवधिक योजना प्रस्तुत गर्नुभयो ।
आज मिति २०८२/०२/०६ गते गजुरी-१, स्रोत केन्द्र भवन बाट "जनतासँग गाउँपालिका अध्यक्ष" मूल नाराका साथ गजुरी गाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा वडाका प्रत्येक टोल बस्तीबाट राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूले शुभारम्भ गर्नुभएकाे छ । साथै पूर्व सूचना तालिका बमोजिम गाउँपालिका भित्रका प्रत्येक वडाका विभिन्न स्थानमा यस कार्यक्रम सञ्चालन गरिनेछ ।
गजुरी गाउँपालिकाको पञ्चवर्षीय आवधिक विकास योजना निर्माणका लागि पालिकास्तरीय अन्तरक्रिया तथा कार्यशाला गोष्ठी कार्यक्रमका तस्बिरहरू । मिति: २०८२ वैशाख २२ गते सोमवार ।