FAQs Complain Problems

समाचार

ग्यालरी

गजुरी गाउँपालिका, गाउँ सभाको १६ ओैँ अधिवेशन मिति २०८२ असार १० गते मंगलवारका दिन सर्वसहमतिका साथ सम्पन्‍न भएको छ । अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठले आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो र दोस्रो बैठकमा उपाध्यक्ष श्री शर्मिला बिसुरालले आगामी आ.व. को बजेट, आर्थिक ऐन, विनियोजन ऐन र पञ्‍चवर्षीय आवधिक योजना प्रस्तुत गर्नुभयो ।

मिति: 06/24/2025 - 18:12
, , , , , , , , , , , , , , , , , ,

आज मिति २०८२/०२/०६ गते गजुरी-१, स्रोत केन्द्र भवन बाट "जनतासँग गाउँपालिका अध्यक्ष" मूल नाराका साथ गजुरी गाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा वडाका प्रत्येक टोल बस्तीबाट राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूले शुभारम्भ गर्नुभएकाे छ । साथै पूर्व सूचना तालिका बमोजिम गाउँपालिका भित्रका प्रत्येक वडाका विभिन्न स्थानमा यस कार्यक्रम सञ्चालन गरिनेछ ।

मिति: 05/22/2025 - 15:53
, , , , , , , , ,

गजुरी गाउँपालिकाको पञ्चवर्षीय आवधिक विकास योजना निर्माणका लागि पालिकास्तरीय अन्तरक्रिया तथा कार्यशाला गोष्ठी कार्यक्रमका तस्बिरहरू । मिति: २०८२ वैशाख २२ गते सोमवार ।

मिति: 05/06/2025 - 18:28
, , , , , , , , , , , , ,

गजुरी गाउँपालिका, गाउँ सभाको १५ औँ अधिवेशनको बैठक सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यूको अध्यक्षतामा गाउँ सभाका सदस्यहरू लगायत कर्मचारीहरूको उपस्थितिमा समापन भयो । साथै, कार्यालयप्रतिको इमान्दारिता, लगनशिलता र कार्यसम्पादनको आधारमा कार्यालय सहयोगी श्री चामे मगरलाई उत्कृष्‍ट कर्मचारीको रुपमा सम्मान गरियो । मिति: २०८१।११।२८ गते बुधवार ।

मिति: 03/12/2025 - 17:43
, , , , , , , , , , , , , , , , , , ,

गजुरी गाउँपालिकाको चालु आ.व. को वार्षिक स्वीकृत योजना तथा कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदार कार्यक्रम कार्यान्वयनको लागि गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री होम बहादुर राउत र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्र.नि. सुरज श्रेष्‍ठज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । मिति: २०८१।०९।२४ गते ।

मिति: 01/08/2025 - 17:36
,

Pages

//