व्यवसाय दर्ता/नवीकरण सम्बन्धी अनुगमनको तेस्रो दिन फुर्केखोलामा। मिति: २०८०/०२/०१।
समाचार
ग्यालरी
गजुरी गाउँपालिकाद्वारा व्यवसायीहरुले गजुरी गाउँपालिकामा व्यवसाय दर्ता तथा नविकरण गरे/नगरेको बारे अनुगमन मलेखु बजारमा गरियो। अनुगमनको दोस्रो दिन, मिति: २०८०/०१/२९।
आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि विकास शाखाद्वारा "तरकारी बालीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम" अन्तर्गत मिति २०८०/०१/२९ गतेका दिन गजुरी गाउँपालिका वडा नं २ का कृषक समूहहरुमा पकेट संचालन समन्वय समितिद्वारा तरकारीको बिउ तथा कृषि सामाग्री वितरण कार्यक्रम।
गजुरी गाउँपालिकाद्वारा व्यवसाय दर्ता तथा नविकरण गरे/नगरेको बारे अनुगमन मलेखु बजारमा गरियो। मिति: २०८०/०१/२८
गजुरी गाउँपालिका र रिम्स नेपालको साझेदारीमा गजुरी गाउँपालिका वडा नम्बर ८ को महादेव खर्कमा बनेको खानेपानी को ट्याङ्की र धारा उद्घाटन गर्नु हुँदै गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष श्री बद्री प्रसाद जम्कटेल र वडा नम्बर ८ का वडा अध्यक्ष श्री देबराज ओझा। मिति: २०८०/०१/२४
दिगो विकास र आर्थिक समृद्धिका लागि रणनैतिक कृषि योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण गोष्ठीका तस्विरहरु।
गजुरी गाउँपालिका सरकारका सरकार प्रमुख श्री गणेशलाल श्रेष्ठ ज्यू को नेतृत्व र कार्यालय प्रमुख श्री राजु अधिकारी ज्यू लगायत पालिकाभित्रका अन्य जनप्रतिनिधि र सुरक्षा निकायका सुरक्षा टोली सहितको उपस्थितिमा सार्वजनिक जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका व्यक्तिहरुको घर तथा टहरा हटाउने कार्य शुरु गरी केहि दिन भित्रै उक्त स्थानको घर टहरा हटाउन निर्देशन सहित जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका घर तथा टहरा भत्काउने कार्य गरियो ।