FAQs Complain Problems

समाचार

ढुंगा,गिट्टी,बालुवा,गा्रवेल,रोडाको संकलन एंव विक्री शुल्क संकलन गर्ने सम्बन्धी बोलपत्र आब्हानको सूचना पुन प्रकाशन मिति : (२०७५/०८/१६)

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ को घ (६),प्रदेश नं ३ को आर्थिक ऐन २०७५ को दफा ९ (१) को अनुसूची ५ को सि.नं १,यस गाउँपालिकाको चालु आ.व. २०७५/०७६ को आर्थिक ऐन को दफा १२ को उपदफा १ संग सम्वन्धित अनुसूची ९ को सि.नं १ र गाउँपालिकाको मिति २०७५/०७/१२ को निर्णय अनुसार आ.व ०७५÷०७६ को बाँकी अवधि देखि २०७६ असार मसान्त सम्मको लागि आन्तरिक आय सम्बन्धी ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले गजुरी गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरेको मलेखु खोला,बेल्खु खोला र त्रिशुली नदीको क्ष्भ्भ् प्रतिवेदनमा उल्लेखीत आक्षांश र देशान्तर भित्रका स्थानहरुको तोकिएका बगर क्षेत्रहरुवाट छुट्टाछुट्टै रुपमा तोकिएको परिमाण भन्दा बढि नहुने गरी ढुङ्गा, गिट्टि,बालुवा, ग्रावेल,रोडा, चुनढुङ्गा स्लेटको संकलन,घाटगद्वी विक्रि एवम् निकासी गर्ने कार्य र सो को संकलन शुल्क तथा बिक्रि शुल्क बापतको रकम असुल गर्न तथा यस गाउँपालिका क्षेत्रमा अनुमति प्राप्त खानी तथा उद्योग वाट उत्पादित भइ निकासी हुने मालबस्तुको विक्री शुल्क र गाउँपालिका क्षेत्रमा विभिन्न किसिमवाट संकलित एवं घाटगद्वी गरी राखिएका नदीजन्य तथा खानीजन्य पदार्थको संकलन शुल्क÷बिक्री शुल्क समेत गरी भ्याट बाहेकको कुल जम्मा रु ५,३५,००,००० ।– (अक्षरुपी पाँच करोड पैतिस लाख रुपिया मात्र) असुल गर्ने कार्य बोलपत्र द्धारा गर्नुपर्ने भएकोले उक्त कार्य गर्न योग्य तथा इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा बोलपत्रदाताले बोलपत्र फारम दस्तुर बापत रु ५००० ।– (अक्षरुपी पाँच हजार मात्र)(फिर्ता नहुने गरी) यस कार्यालयको राष्ट्रिय वाणिज्य बैक लिमिटेड धादिङवेशी शाखामा रहेको संचित कोष खाता नं. १०३०३०४०१८१०७ मा जम्मा गरेको सक्कल बैंक भौचर पेश गरी वा नगदै तिरी यस कार्यालयबाट यो सूचना प्रकाशन भएको मितिले १५ औ दिन (मिति २०७५/०९/०१) को कार्यालय समय भित्र बोलपत्र फारम खरिद गरी वा सार्वजनिक खरीद अनुगमा कार्यालय (PPMO)को वेवसाईट https://bolpatra.gov.np/egp/ वाट बोलपत्र फारम Download गरी नियमानुसार बोलपत्र फारम भरी सहि छाप गरी फारम साथ  आवश्यक कागजातहरु मू.अ कर दर्ता प्रमाण पत्र ,आयकर दर्ता प्रमाण पत्र, आ.व ०७३/७४ को कर चुक्ता प्रमाण पत्र, आ.व ०७५/७६ को फर्म नविकरण नोटरी पब्लिक बाट प्रमाणित गराई बोलपत्र फारम र आवश्यक कागजातको विद्युतीय प्रति संलग्न गरी कवोल अंकको ५ % (पाँच प्रतिशत) ले हुने धरौटी रकम र सोको  मू .अ कर सहितको हुने रकम सहित एकमुष्ट हुने रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक धादिङवेसी स्थित धरौटी खाता नं. १०३०३०३००७१०७ मा नगद दाखिला गरेको सक्कल बैकं भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट १२० दिन सम्म म्याद भएको वाणिज्य बैंकको जमानत वापतको रकम (बिड बन्डको सक्कल प्रति) को विद्युतीय प्रति साथ बोलपत्र  खरिद गर्ने म्याद समाप्त भएको भोलिपल्ट १६ औ दिन (मिति २०७५/०९/०२ गते) को मध्यान्ह १२ः०० बजे भित्र (PPMO)को वेवसाईट https://bolpatra.gov.np/egp/  मार्फत यस कार्यालयमा भ(दष्ममष्लन  पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सरकारी रकम ठेक्का वन्दोवस्त ऐन २०२० को दफा ५(४) अनुसार पुन वोलपत्र आवहान सम्बन्धी यो सूचना प्रकाशन गरीएको छ । 
    प्राप्त बोलपत्रहरु सोही दिनको अपरान्ह १२ बजे पछि लगतै बोलपत्र दाता वा निजको अधिकार प्राप्त प्रतिनिधिको उपस्थतिमा वा प्रतिनिधि अनुपस्थित भएमा पनि यस गजुरी गाउँपालिकाको कार्यालयमा खोलिने छ । यस सम्बन्धी शर्तहरु उल्लेख भएको विस्तृत सूचना यस गजुरी गाउँपालिकाको कार्यालयको वेभसाइट http://gajurimun.gov.np मा राखिनुको साथै  यस कार्यालयको सुचना पाटिमा समेत टाँस गरिएको छ ।                                                                                                            
                                                                                                          गोपाल प्रसाद बगाले           
                                                                                                    प्रमुख प्रशासकिय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: