समाचार
घर भाडामा लिने सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस गजुरी गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत आ.व.२०७४÷७५ को लागी गजुरी गाउँपालिकालाई घरमा शुन्य प्रसुती कार्यक्रम (श्भचय ज्यmभ म्भष्खिभचथ) संचालन गर्नुपर्ने भएको र सो को लागी गजुरी प्रा.स्वा .के .को नजिकमा प्रशुती प्रतिक्षा घर (Zero Home Delivery) संचालन गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित शर्तहरु अन्र्तगत रहि घर भाडामा लिनु पर्ने भएकोले इच्छुक घरधनीहरुले सूचना प्रकासित मितिले ७ दिनभित्र गजुरी गाउँपालिकाको कार्यलयमा सम्पर्क राखि निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१.भाडामा दिनुपर्ने घर कम्तीमा ३ –४ वटा कोठाहरु एउटै तलामा भएको हुनुपर्ने छ ।
२. गजुरी प्रा.स्वा.के देखि वढीमा १०० मिटर दुरी भित्र हुनुपर्ने छ ।
३.गर्भवती÷सुत्केरी महिलाहरु बस्नुपर्ने भएकोले सम्मव भए सम्म भुइ तलामा हुनुपर्ने छ ।
४. घर भाडाको प्रकृया आवश्यक नियम कानुन अनुसार सम्झौतामा उल्लेख भएवमोजिम छनौट भएपछि गरिने छ ।
५. घरमा रहेको कोठाको साइज कम्तिमा १० ×१२ फिटको हुनुपर्ने छ ।
६. घरभाडा भाडा निर्धारण समितिले निर्धारण गरे वमोजिम उपलब्ध गराउन घरधनि मञ्जुर रहनुपर्ने छ ।