FAQs Complain Problems

समाचार

सौर्य सडक बत्ति जडान सम्बन्धी बोलपत्र आव्हानको सूचना

पटक प्रकाशित मितिः- २०७४।१२।१९

यस गाउँपालिकाकाको आ.व.२०७४/०७४को  स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत गजुरी, मलेखु, आदमघाट समेतका बजारमा सौर्य सडक बत्ति जडान गर्ने कार्य बोलपत्रद्वारा गर्नु पर्ने भएकोले सो कार्यसँग सम्बन्धित इच्छुक तथा योग्य बोलपत्रदाताहरुबाट आ-आफ्नो फर्मदर्ता, भ्याटदर्ता, आयकर दर्ता, मूल्यअभिबृध्दि कर दर्ता, एजेन्सी दर्ता प्रमाणपत्र, Letter of Authorization, आ.व.०७३।०७४ को करचुक्ता प्रमाणपत्र लगायतका नियमानुसारका अन्य आवश्यक कागजातका प्रमाणित (नोटरी पब्लिकबाट) प्रतिलिपिहरु संलग्न राखी रितपुर्वकको छुट्टा छुट्टे शिलबन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

१. बोलपत्रको सूचना नं;- ०६ / ०७४/०७५

२. बोलपत्र सम्बन्धी कागजात  गजुरी गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङ र कोष तथा लेखा    नियन्त्रक कार्यालय, धादिङबाट रु.३०००। नगदै बुझाई वा यस गा.पा.को धादिङबेसी स्थित रा.बा. बैंक शाखाको १०३०३०४०१८१०७ मा उक्त रकम जम्मा गरेको सक्कल भौचर पेश गरी खरिद गर्न    सकिने छ ।

३. बोलपत्रसाथ जम्मा गर्नु पर्ने धरौटी बापतको रु. ३१५०००।–(तीनलाख पन्द्र हजार रुपैया मात्र) बराबरको रकम यस कार्यालयको धादिङबेसी स्थित रा.बा. बैंक शाखाको धरौटी खाता नं. १०३०३०३००७१०७ मा जम्मा गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा मान्यताप्राप्त बैंकबाट जारी भएको कम्तिमा १२० दिन म्याद भएको बैंक जमानत पत्र (बैंक ग्यारेन्टी) पेश गर्नु पर्ने छ।

४. बोलपत्र खरिद गर्ने अन्तिम मिति २०७५।१।१९ गते कार्यालय समय भित्र हुने छ । बोलपत्र खरिद गर्ने र पेश गर्ने दिन सार्वजनिक बिदा परे त्यसपछि कार्यालय खुल्ने पहिलो दिनको कार्यालय समय भित्र खरिद तथा पेश गर्न सकिने छ ।

५. बोलपत्र पेश गर्ने अन्तिम मिति २०७५।१।२० गते दिनको १२ बजे सम्म हुने छ । बोलपत्र यस कार्यालयले उपलब्ध गराएको बोलपत्र फारममा मात्र पेश गर्नु   पर्ने छ ।

६. शिलबन्दी बोलपत्र दर्ता गर्ने र खोलिने स्थान गजुरी गाउँकार्यपालिकाको कार्यालय, गजुरी, धादिङ हुने छ।

७. शिलबन्दी बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा मिति २०७५।१।२० गते दिनको १२ बजे  पछि तरुन्त खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन । समयभित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाको शर्त बिपरित भएको बोलपत्र माथि कुनै कारवाही हुने छैन ।

८. कुनै कारण जनाई वा नजनाई  शिलबन्दी बोलपत्र  रध्द गर्ने, स्वीकृत गर्न, अस्वीकृत गर्ने वा आंशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

९. बोलपत्रदाताले आफुले कबोल गरेको अंक मूल्यअभिबृध्दि बाहेकको हुनुपर्नेछ ।

१०. बोलपत्रमा दररेट स्पष्टरुपमा अंक र अक्षरमा लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई आधार मानिने छ ।

११ .बोलपत्र स्वीकृत भएपछि स्वीकृत अंकको ५(पाँच) प्रतिशतले हुने रकम र कानुन अनुसार थप जम्मा गर्नु पर्ने भए अन्य रकम समेतको नियमानुसारको समयाधिको लागी परफरमेन्स वण्ड शर्त रहित पेश गर्नु पर्ने छ ।  

१२.  बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछन् ।

१३.सूचनामा उल्लेख नभएका अन्य बिषयहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ एवं अन्य प्रचलित कानून बमोजिम हुनेछ ।

१४. यो सूचना गजुरी गाउँकार्यपालिकाको कार्यालय गजुरी, धादिङको website gajurimun.gov.np  मा समेत हेर्न सकिने छ ।

१५.बोलपत्रदाताले www.bolpatra.gov.np /egp मा  गै e-bidding को माध्यमबाट समेत बोलपत्रको प्रक्रियामा भाग लिन सकिने छ ।

१६.भ्याट बाहेकको लागत अनुमान रकम रु.१,२६,३७,८००।–रहेको छ ।

                                                                                                                                                                                                                                                                                                                                                                                 प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: