FAQs Complain Problems

समाचार

सेवा करार सम्बन्धी सूचना

यस गजुरी गाउँपालिकाको स्वास्थ्य शाखा,प्राविधिक शाखा र प्रशासन शाखा अन्तर्गतको गाउँपालिका प्रहरीहरुको देहायको पदमा सेवा करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरीकहरुबाट गजुरी गाउँपालिकाद्धारा  स्वीकृत दरखास्त फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेश गर्नुहुनस यो सूचना प्रकाशित गरिएको छ ।

१.सिभिल इन्जिनियर पदको लागि संलग्न हुनुपर्ने कागजातहरु – व्यक्तिगत विवरण , ना.प्र.प को प्रतिलिपी,शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ,नेपाल इन्जिनियरिङ्ग काउन्सिल दर्ता प्रमाण पत्रको प्रतिलिपी, सम्बन्धित काउन्सीलको दर्ता प्रमाणपत्रका प्रतिलिपी,कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी तथा अन्य पदको सन्दर्भमा व्यक्तिगत विवरण , ना.प्र.प को प्रतिलिपी,शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि,कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी ।
२.आवेदन दिने तरिका : राष्ट्रिय वाणिज्य बैक लिमिटेड धादिङवेशी शाखामा रहेको संचित कोष खाता नं. १०३०३०४०१८१०७ मा जम्मा गरेको सक्कल बैंक भौचर पेश गरी वा यस कार्यालयमा  नगदै तिरेको रसिद संलग्न राखि आफै कार्यालयमा उपस्थित भई दरखास्त पेश गर्नु पर्नेछ वा यस कार्यलयको Email : info@gajurimun.gov.np मार्फत पनी पेश गर्न सकिनेछ ।
३.छनौटका आधारहरु यस कार्यालयको webpage www.gajurimun.gov.np ,मोबाइल एप्स हाम्रो गजुरी मा र कार्यालयको सूचनापाटीपा टाँस राखिएको छ ।
४.सूचना सम्बन्धमा कुनै कुरा बुझ्न परेमा गजुरी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क राखी वा यस कार्यालयको भाइबर नं ९८५१२०५३६८ बाट बुभ्न सकिनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: