FAQs Complain Problems

समाचार

साना सिंचाई कूलो निर्माण, मर्मत सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई.पि.एम कृषक पाठशाला संचालनको निवेदन आव्हान सम्बन्धि सूचना !

यस गाउँपालिकाको आ.व ०७५/०७६ को बार्षिक कार्यक्रम लक्ष्य बमोजिम कृषि शाखातर्फ सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रम अन्तर्गत साना सिंचाई कूलो मर्मत, सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई .पि.एम कृषक पाठशाला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम भएको हँुदा आ.व. २०७४/७५ सम्म दर्ता भएको गजुरी गाउँपालिका भित्रको कृषक समूह, सहकारी संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७५/०६/९  देखि २०७५/०६/२३) सम्म कार्यालय समय भित्र साना सिंचाई कूलो निर्माण, मर्मत सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई.पि.एम कृषक पाठशाला संचालन कार्यक्रमको लागि आवश्यक प्रक्रिया पु¥याई तोकिएको समय भित्र यस गाउँ कार्यपालिकाको कार्यालय कृषि विकास शाखामा रु. १००।– को राजश्व सहित  निवेदन दिन हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
आवश्यक कागजातहरु 
१. रु १०।– को हुलाक टिकट टाँस गरिएको निवेदन । निवेदन गाउँपालिकाको कृषि शाखाबाट उपलव्ध गरिने छ ।
२. आयोजना सम्बन्धी कृषक समूह, सहकारीको निर्णय प्रतिलिपि ।
३. उपभोक्ता कृषक समूहको जग्गाको विबरण ।
४. नेपाली नागरिकताको प्रतिलिपि ।
५. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
६. समूह दर्ताको प्रमाण पत्र प्रतिलिपि ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: