समाचार
वडा कार्यालय सबै उपभोक्ता समिति गठन, सूचिकृत तथा लागत अनुमान तयार गर्ने सम्बन्धमा
श्री गजुरी गाउँपालिका ,
सवै वडा कार्यलयहरु,
उपर्युक्त विषयमा यस गजुरी गाउँपालिकाको आ.व ०७५।०७६ को स्विकृत वार्षिक कार्यक्रम अनुसार वडा स्तरमा संचालन हुने योजनाहरु को लागि उपभोक्ता समिति गठन सम्बन्धमा निम्नानुसार गर्नु हुन अनुरोध छ ।
१.उपोभक्ता समिति गठन हुदा सम्भव भए सम्म गाउपालिकाको प्रतिनिधिको उपस्थितिमा वडाध्यक्ष एंव वडासदस्यहरुको अनिवार्य अपस्थितिमा अत्याधिक जनसहभागिता गराएर उपभोक्ताा समिति गठन गर्र्ने ।
२.उपभोक्ता समिति गठन गर्दा गजुरी गाउँपालिकाको उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ अनुसार गर्ने ।
३.उपभोक्ता समिति गठन गर्ने दिन एकिन गरी गठन हुनु भन्दा ३ दिन अगाडी गठन हुने उपभोक्ता समितिको नाम,गठन हुने स्थान र समेत समय उल्लेख गरी गाउँपालिकामा लिखित रुपमा जानकारी गराउने ।
४.सम्भव भए सम्म एकै दिन एकै स्थानमा धरै संख्यामा उपभोक्ता समिति गठन गर्ने व्यवस्थागर्ने , जसले गर्दा गाउँपालिकाको प्रतिनिधि धेरै उपभोक्ता समिति गठन पक्रियामा सहभागी हुन सकियोस ।
५.उपभोक्ता समिति गठन गर्दाको अवस्थको फोटोहरु खिची योजना सूचीकृत वा सम्झौता गर्न आउदा उपभोक्ता समिति गठन को वेला उपस्थिति सहभागीहरु र पदाधिकारी सहितका फोटोहरु पेश गर्ने ।
६. भवन निमार्ण ,सडक पिच गर्ने ,विद्युतिकरण ,बजारवाट खरिद गरी सामान उपलब्ध हुन सक्ने तथा खरिद प्रकृतिको कार्यहरुमा समान्यत उपभोक्ता समिति गठन नगर्ने ।
७.उपभोक्ता समितिले कार्य गर्दा साझेदारीको हिस्सा जनश्रमदान मार्फत व्यहोर्ने वा लागत सहभागिता (नगद जम्मा गरेर ) बाट व्यहोर्ने हो सो समेत उपभोक्ता समितिको निर्णयमा उल्लेख गर्ने । साथै उपभोक्ता समितिले साझेदारी गर्ने सहभागीताको प्रतिशत समेत उल्लेख गर्ने ।
८.योजना सम्झौता गर्न आउदा योजना निमार्ण गर्ने स्थानको चारै दिशाबाट खिचिएका फोटो समेत पेश गर्ने ।
९.आ.व २०७५।०७६ को स्विकृत योजनाहरु गाउँपालिकाको क्यातधबचभ मा प्रवृष्ट गरी योजना तथा उपभोक्ता समितिको सूचीकरण , भुक्तानीको विवरण क्यातधबचभ मा प्रविस्ट गर्ने व्यवस्था गरिएको हुदा उपभोक्ता समिति संग योजना सम्झौता गर्नु पूर्व उपझोक्ता समिति क्यातधबचभ मा सूचीकृत गरि सक्नु पर्ने भएकोले योजना सम्झौता गर्न आउनु पूर्व उपभोक्ता समितिको विवरण यस गाउँपालिकामा सूचिकृतको लागि पेश गर्ने ।
१०. उपभोक्ता समिति सूचीकृत गराए पश्चात योजना संचालन हुने स्थान प्रविधिक कर्मचारी लाई देखाई लागत अनुमान तथा ड्रईङ डिजाईन गर्न लगाउने । सम्भवत एउटा वडामा संचालन हुने योजनाहरुको लागत अनुमान तथा ड्रईङ डिजाईन गर्ने कुरा प्राविधिकबाट एक चरणमा गर्ने भएको हुदा उपभोक्ता समितिहरु बीच समन्वय गरी लागत अनुमान तयार गर्नको लागी तोकिएको प्राविधिक कर्मचारी लाई लिएर जाने । खवर गर्ने ।
११. भवन, ट्रस्ट, खानेपानी टंकी, पुल जस्ता भौतीक संरचना निर्माणको लागी सम्झौता गर्न आउदा गाउँपालिकावाट नियमानुसार पास भएको नक्सा र निर्माण कार्यको पासको स्वीकृत प्रमाण पेश गर्नु पर्ने छ ।