FAQs Complain Problems

समाचार

निशुल्क रुपमा प्रवाह गरिने सेवा सुविधाहरु सम्बन्धि सूचना

free

गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक ऐन, २०७५ मा व्यवस्था भए वमोजिम यस गाउँपालिका बाट प्रवाह हुने निम्नानुसारका सेवा सुविधाहरु निशुल्क रुपमा प्रदान गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण गजुरी गाउँपालिकाबासी दाजु भाइ दिदी बहिनी हरुको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।

       अध्यक्ष

राजेन्द्र बिक्रम वस्नेत

गजुरी गाउँपालिक

   गजुरी,धादिङ

निशुल्क रुपमा प्रवाह गरिने सेवा सुविधाहरु

१.नागरिकता प्रमाण पत्र तथा सो को प्रतिलिपी प्राप्ती को लागि गरिने सिफारिस ( वंशजको आधारमा १८ वर्ष 
  भित्रमा आएमा )
२.जन्म दर्ता,विवाह दर्ता,बसाई सराई,सम्वन्ध विच्छेद दर्ता र मुत्यु दर्ता प्रमाणपत्र वितरणको कार्य
३.छात्रवृत्ति प्राप्तीको सिफारिस
४.जेष्ठ नागरिक,अपाङ्गता,दिर्घरोगी,असहाय र गरिव जन्ताको लागि स्वास्थ्य सम्बन्धी गरिने विभिन्न सिफारिस
५.मृतक संगको नाता प्रमाणीत
६. अपाङ्गता सम्बन्धी सिफारिस
७.आर्थिक अवस्था कमजोर भएको सिफारिस
८.अदालती प्रक्रियाको शुल्क मिनाह सिफारिस
९.नाबालक प्रमाणपत्र सिफारिस
१०.प्राकृतिक प्रकोप वाट क्षति भएको घर पाताल सम्बन्धी सिफारिस

         (पुनश्चः घटना भएको मितिले ३५ दिन भित्र घटना दर्ता नगरेमा रु ५० जरिवाना लाग्नेछ ।)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: