समाचार
शैक्षिक सत्र २०८१ को कक्षा ५ (स्तरमापन), कक्षा ८ (BEE), कक्षा १० (SEE) र कक्षा १२ (SLC) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान कार्यक्रम
गजुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा, गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूको अध्यक्षतामा मिति २०८२ फागुन ११ गते शैक्षिक सत्र २०८१ को कक्षा ५ (स्तरमापन), कक्षा ८ (BEE), कक्षा १० (SEE) र कक्षा १२ (SLC) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
साथै सेवा निवृत्त हुनुभएका गजुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख श्री सुन्दर कुमार श्रेष्ठ र अ.न.मी. श्री सरिता रुपाखेतीले स्वास्थ्य सेवामा पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्र प्रदान गरी सम्मान गरिएको छ।



















