समाचार
स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण
१०९अाैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा गजुरी गाउँपालिकाद्वारा गजुरी गाउँपालिका वडा नं. ५ मा रहेकाे पिंडा स्वास्थ्य चाैकीलाई एक कार्यक्रमकाे बीच एम्बुलेन्स हस्तान्तरण गरिएकाे छ । साे कार्यक्रममा स्वास्थ्य चाैकीकाे सेवा क्षेत्र र अासपासका महिलाहरूकाे अब्ष्ट्रेटिक फिस्टुला र पाठेघर खस्ने समस्याकाे स्क्रिनिङ शिविर समेत राखिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले अब कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने र यातायात सेवाकाे अभावमा अस्पताल पुग्न ढिलाइका कारण ज्यान जाेखिममा पार्नु नपर्ने विस्वास व्यक्त गर्दै उहाँले किराञ्चाेक स्वास्थ्य चाैकीमा पनि यसै अार्थिक वर्ष भित्र अर्काे एम्बुलेन्स सेवा उपलब्ध गराउने घाेषणा समेत गर्नु भयाे । गर्भवती, सुत्केरी, नवजात शिशु तथा अामा सुरक्षा कार्यक्रमलाई अाम नागरिकलाई अनुभुत हुने गरि गाउँपालिकाले कार्यक्रम अघि सारेकाे भन्दै उहाँले सबै वडाहरूमा यसै वर्षबाट स्वास्थ्य चाैकी स्थापनाकाे प्रक्रिया अघि बढाइ सकेकाे र हरेक वडामा प्रसुति प्रतीक्षा घरकाे शुरूवात गरिंदै लगिने पनि बताउनु भयाे। अाफूहरूले जनताका बीचमा विगतमा गरेकाे वाचा र अास्वासनलाई साकार पार्न सदा लागि परिरहेकाेले जनप्रतिनिधिबाट विकास हुँदैन कि भन्ने चिन्ता नलिन पनि अाम समुदायलाई अाग्रह गर्नु भयाे । गजुरी गाउँपालिकाले गत वर्षदेखि गजुरीमा र यस वर्ष देखि पिंडा स्वास्थ्य चाैकीमा प्रसुति प्रतीक्षा घरकाे शुरूवात गरि एक/एक वटा एम्वुलेन्सकाे व्यवस्था गरेकाे हाे । यसै गरि गाउँपालिका अध्यक्ष बस्नेतले महिला(नारी) दिवसकाे उपलक्ष्यमा अामा महिला दिदी बहिनीहरूलाई शुभकामना दिनु हुँदै नेपाली नारीहरूले अब अधिकार र स्वतन्त्रताकाे लागि लड्नु भन्दा पनि अाफूहरूलाई अात्म निर्भर बनाउन र अाय अार्जनमा अघि बढ्न उत्प्रेरित गर्दै अाफूहरूले एक छाक माछा खुवाएर नागरिकलाई सधैं भाेकाे राख्नु भन्दा अाफैं सक्षम नागरिक बनाउन माछा पाल्न र मार्न अनि अामदानीलाई सदुपयाेग गर्न सिकाउने ढंगबाट कामकाे थालनी गरेकाे समेत उहाँले प्रष्ट पार्नु भयाे । वडा नं.५ का वडाध्यक्ष एवं पिंडा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मिजारकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेपाल प्रसाद बगाले, साविक पिंडा गा.वि.स.का पूर्व गाविस अध्क्षक्ष प्रमाेदराज रूपाखेती, गजुरी गाउँपालिका स्वास्थ्य संयाेजक डा. रामहरी रेग्मी लगायतका महानुभावहरूले अा-अाफ्ना भनाई राख्नु भएकाे थियाे । उक्त अवसरमा राखिएकाे स्वास्थ्य शिविरमा ९६ जना सेवा ग्राहिले उपलब्ध विविध सेवा लिनु भएकाे थियाे ।