FAQs Complain Problems

समाचार

सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने?

सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने?

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसीबसी अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा अाउछ।

फारम भर्ने तरिका:

गजुरी गाउँपालिकाको वेबसाइट:  http://gajurimun.gov.np  मा गएर महत्वपूर्ण लिंक मा गएर "सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता" मा क्लिक गर्नुहोला | आथवा

पेज खुलेपछि "अनलाइन घटना दर्ता प्रणालीमा स्वागत छ !"  घटना दर्ताको लागि यहाँ थिच्नुहोस भन्ने मेनुमा गई फाराम भर्नुहोस् |

  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा आई  सर्म्पक गर्नुपर्छ।

नोटः यदि एक चोटि गाउँपालिका​मा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।

  •  फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
  • Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
  • फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।

 

प्रकार:

आर्थिक वर्ष: