"नतिजामुखी प्रशासन : समृद्धि र सुशासन"

गजुरी गाउँपालिकाको संक्षिप्त परिचय

         संघीय गणतन्त्र नेपालको प्रदेश नं. ३ मा पर्ने धादिङ जिल्ला नेपालको एकमात्र यस्तो जिल्ला हो जो नेपालको उत्तर हिमालदेखि दक्षिण तराईको भूभागसम्म फैलिएर रहेको छ । नेपालको समग्र भौगोलिक धरातलको विशेष बोकेको धादिङ जिल्लामा सबै किसिमको हावापानी पाइन्छ । यस्तो विशेषतायुक्त जिल्लामा पर्ने गजुरी गाउ“पालिका नेपालको प्रसिद्ध नदी त्रिशुलीको किनारदेखि मकवानपुर जिल्लाको सिमानासम्म फैलिएर रहेको छ । काठमाडौंलाई तराईसम्म जोड्ने एकमात्र पृथ्वी राजमार्ग यसै गाउ“पालिकाबाट भएर जाने भएकोले यसलाई नेपालभरि प्रायः सबैले चिन्दछन् । करिब १३८.६६ वर्ग कि.मि.