FAQs Complain Problems

सेवाग्राहिहरुले धेरै सोध्ने प्रश्नहरु

स‌ंघ संस्था दर्ता

स‌ंघ संस्था दर्ता सम्बन्धी कामहरु कहाँबाट गरिन्छ?

गाउँकार्यपालिकाको कार्यालयबाट

सिफारि सम्बन्धी

सिफारिस सम्बन्धी कामहरु कहाँँबाट गरिन्छ?

सम्बन्धीत वडा कार्यालयकाट

ब्यसाय दर्ता /नविकरण

ब्यासाय दर्ता / नबिकरण कामहरु कहाँबाट गरिन्छ ?

गाउँकार्यपालिकाको कार्यालयबाट

 

गाउँपालिकाको सूचना सम्बन्धी

नगरपालिकाकव website:http://www.gajurimun.gov.np/ वा नगरपालिकाको फेसबुक पेज https://www.facebook.com/gajuriruralmunicipality वा आफ्नो मोबाइल / landline फोनबाट 010402165 मा डायल गरी बुझ्न सक्नुहुनेछ ।

कृषि , पशु समूह / अभिलेखिकरण गर्न आवश्यक कागजातहरु के के हुन ?

कृषि, पशु समूह दर्ता /अभिलेखिकरण गर्न आवश्यक कागजातहरु समुहको निवेदन समुहको विधानको फोठोकपी समुहको माइनटको प्रतिलिपि -समूह अभिलेख गर्न अख्तियारी दिइएको निर्णय भएको वडा कार्यालयको सिफारिस हितकोष सम्बन्धी विवरण राजश्व

 

 गजुरी  गाउँपालिकाको कार्यालय गजुरी हो कि आदमघाट हो?

-> हालको गाउँकार्यपालिकाको कार्यालय गजुरी बजारमा  हो ।

 यस गाउँपालिकाको अध्यक्ष ज्यू को फोन नम्बर कति हो  ?

-> ९८५१२०५५६८

यस गाउँपालिकाको  न्यायिक समितीको कार्यालय कहाँ हो ?

-> गजुरी गाउँपालिकाको कार्यालयकोमा छ ।

योजना सम्झौता गर्दा के के गर्नु पर्छ ?

->

आवश्यक कागजात

१) ब्यहोरा खुलेको निवेदन। २) निर्वाचित पदाधिारीको उपस्थितिमा सरोकारवाला समूदाय भेला भइ उपभोक्ता समिति र अनुगमन समिति गठनको निर्णयको प्रतिलिपी। ३)सम्झौता एबं खाता संचालन लगायतका अन्य आबश्यक निर्णयको प्रतिलिपी। ४)उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरीकताको प्रमाण–पत्रको प्रतिलिपी। ५) विनियोजित बजेट र योजनाकोे प्रतिलिपी संलग्न। ६) प्राविधिक लागत अनुमान वा विषय खुलेको प्रस्तावना। ७) सम्बन्धित वडा कार्यालयकोे सिफारिश र दस्तुर तिरेको सक्कलै रसिद।

सेवा सुबिधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएको शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।

जिम्मेवार अधिकारी

वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी

लाग्ने समय

सोही दिन, सर्जमिन मुचुल्काको हकमा बढीमा ३ दिन भित्र

 

Document: