FAQs Complain Problems

समाचार

सेवाहरु

आवश्यक कागजातहरु जिम्मेवार अधिकारी नमुना फाराम तथा अन्य प्रक्रिया लाग्ने समय सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क
मोही लगत कट्टा सिफारिस

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी

३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी ।

४) जग्गाकोे प्रमाणित नापी नक्सा।

५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद ।

६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।

वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय सिफारिस -
घर कायम सिफारिस

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी

३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।

४)स्थलगत प्रतिवेदन।

५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।

वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय सिफारिस -
नागरिकता सिफारिस

१) ब्यहोरा खुलेकोे निवेदन।

२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।

२) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र।

३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।

४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।

५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश।

६) फोटो चार प्रति।

वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय सिफारिस -
नागरिकताको प्रतिलिपि सिफारिस

१) ब्यहोरा खुलेकोे निवेदन।

२) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी।

३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी।

४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता।

५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला ।

६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश।

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय सिफारिस -
अंगिकृत नागरिकता सिफारिस

१) ब्यहोरा खुलेकोे निवेदन।

२)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम ।

३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु।

४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी।

५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र।

६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु।

७)सर्जमिन मुचुल्का।

वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय सिफारिस -
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रकोप्रतिलिपी। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आय श्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रमाणिकरण -
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित

१) ब्यहोरा खुलेकोे निवेदन।

२)नागरीकताप्रमाण–पत्रकोेप्रतिलिपी।

३)आर्थिक अवस्था कमजोर भएकोपुष्टि हुने कागजात।

४)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र वडा कार्यालय प्रमाणिकरण -
जन्म दर्ता

१) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

स्थानिय पञ्जिकाधीकारी

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवल सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१ घण्टा गजुरी गाउँपािलका घटना दर्ता ५० रुपैया