समाचार
मिति २०८३ असार १० गते बुधवारका दिन गजुरी गाउँपालिका, गाउँ सभाको १८ औं अधिवेशनमा सभा अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरियो ।
मिति २०८३ असार १० गते बुधवारका दिन गजुरी गाउँपालिका, गाउँ सभाको १८ औं अधिवेशनमा सभा अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरियो । अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्षज्यूले आगामी आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । साथै उपाध्यक्ष श्री शर्मिला बिसुरालले आगामी आ.व. २०८३/०८४ को राजश्व र व्यय अनुमान सहित रु. ७३ करोड १५ लाख ४ हजारको बजेट सभामा पेश गर्नुभयो ।
उक्त सभाको बैठकबाट गजुरी गाउँपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम र आर्थिक ऐन, २०८३ सर्वसम्मतिले पारित भयो ।
साथै, यस समारोहबीच कार्यसम्पादनको आधारमा गजुरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत श्री सन्तोष पौडेल र योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर श्री रविना श्रेष्ठलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरियो ।

















