समाचार
गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू को नेतृत्वमा वडा नं १ चालिसेमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाउँदै ।
गजुरी गाउँपालिका सरकारका सरकार प्रमुख श्री गणेशलाल श्रेष्ठ ज्यू को नेतृत्व र कार्यालय प्रमुख श्री राजु अधिकारी ज्यू लगायत पालिकाभित्रका अन्य जनप्रतिनिधि र सुरक्षा निकायका सुरक्षा टोली सहितको उपस्थितिमा सार्वजनिक जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका व्यक्तिहरुको घर तथा टहरा हटाउने कार्य शुरु गरी केहि दिन भित्रै उक्त स्थानको घर टहरा हटाउन निर्देशन सहित जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका घर तथा टहरा भत्काउने कार्य गरियो ।
यसै गाउँपालिका वडा नं. १ चालिसेमा निर्माण प्रस्ताव गरिएको १५ शैयाको अस्पताल निर्माण कार्य अघि बढाउने प्रयोजनका लागि उक्त स्थानको सार्वजनिक जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका व्यक्तिहरुलाई सो जग्गा खालि गराउन यस अघि नै मिति २०७९/९/१ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी जानकारी गरिएता पनि अटेर गरी घर टहरा नहटाइएकोले गाउँकार्यपालिकाको मिति २०७९/१२/३ को निर्णयानुसार समेत ७ दिनभित्र घरटहरा हटाउन थप समय दिदाँ पनि पटक पटक दिइएको सूचना लाई अवज्ञा गरिएको हुँदा १५ शैयाको अस्पताल निर्माण कार्य अघि बढाउन जग्गा अतिक्रमण गरि बसोबास गरिरहेका घर तथा टहरा भत्काउने कार्य गरिएको हो ।