FAQs Complain Problems

समाचार

वडा कार्यालय भवन निर्माणको लागि शिलवन्दी बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७६/०२/०३
यस गाउंपालिकाको बिभिन्न स्थानहरुमा वडा कार्यालय भवनहरु निर्माण कार्य आ.ब. २०७५/०७६ मा बोलपत्रद्वारा गर्नु पर्ने भएकोले योग्य , मान्यता प्राप्त तथा सम्बन्धित कार्यमा अनुभवी निर्माण ब्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा  रही रीतपूर्बकको शिलबन्दी वोलपत्र आह्वान गरिएको छ ।     
१.    बोलपत्र प्रथम पटक प्रकाशित मितिले ३० औं दिन सम्म यस कार्यालयमा तपशिलमा उल्लेख गरे बमोजिमको नगद रकम (पछि फिर्ता नहूने गरी) वुझाएको नगदी रसिद वा यस कार्यालयको  खाता नं. १०३०३०४०१८१०७  मा जम्मा गरेको भौचर , आ.व. ०७५/०७६ का लागि नविकरण भएको इजाजत पत्र र आयकर दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर कार्यालयमा दर्ता भएको प्रमाण पत्र आ.व.०७४/०७५ सम्मको आयकर चुक्ताको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिहरु र स्वघोषणा पत्र संलग्न राखी इच्छुक इजाजत प्राप्त निर्माण व्यावसायी वा निजको प्रतिनिधिले कार्यालय समयभित्र रित पुर्वक निवेदन दिई यस कार्यालयबाट  बोलपत्र फारम खरिद गर्न सकिनेछ । अधिकार प्राप्त प्रतिनिधि मार्फत बोलपत्र प्रक्रियामा भाग लिन अनिवार्य रुपमा अधिकार पत्र ९एयधभच या ब्ततयचलभथ० पेश गर्नुपर्नेछ ।
२.   खरिद भएका वोलपत्रहरुको प्रत्येक आइटम प्रस्टसंग भरी, निर्माण व्यवसायीले प्रत्येक पानामा सही छाप र शिलवन्दी गरी खाम वाहिर फर्मको नाम ठेगाना र काम लेखी सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२.०० बजेसम्म यस कार्यालयमा दर्ता  हुन आएका शिलवन्दी बोलपत्रहरु सोही दिनको १४.०० वजे यस कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि सो बोलपत्र खोल्न वाधा पर्ने छैन ।
३.    बोलपत्र फारमसाथ धरौटी वापत तल उल्लेखित जमानत वापतको रकम यस कार्यालयको राप्ट्रिय वाणिज्य वैंक धादिङवेंशी शाखामा रहेको धरौटी खाता नं.१०३०३०३००७१०७ मा रकम जम्मा गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा जारी भएको कम्तिमा शिलबन्दी वोलपत्र पेश गर्ने अन्तिम मिति देखि ७५ दिन म्याद भएको, मान्याता प्राप्त वंैकबाट वंैक ग्यारेन्टी (विड वण्ड) शर्त रहित पेश गर्नु पर्नेछ ।
४.    बोलपत्र खरिद वा दर्ता गर्ने फर्महरुले निर्माण स्थल र कामको सम्वन्धमा राम्रोसंग वुझी, हेरी साइट निरीक्षण गरी बोलपत्र भरेको मानिने छ ।
 ५.    वोलपत्रदाताले आफूले कबोल गरेको अंक मुल्य अभिवृद्धि कर वाहेकको हुनु पर्नेछ । मुल्य अभिवृद्धि करको रकम समेत एकमुष्ट भूक्तानी गरिने छ ।
६.    वोलपत्र भर्दा दररेट स्पप्ट रुपमा अंक र अक्षरमा उल्लेख गर्नु पर्नेछ, उल्लेखित अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ ।  
७.    वोलपत्रदाताको वोलपत्र  स्वीकृत भएपछि स्वीकृत अंकको पांच प्रतिशतले हुने रकम वरावरको नगद, वैंक भौचर वा सो वरावरको कम्तीमा एक वर्र्षको लागि मान्य हुने वैंक जमानत (परफरमेन्स वण्ड) शर्त रहित पेश गर्नु पर्नेछ ।
८.    वोलपत्र शर्त रहित,यस कार्यालयले उपलव्ध गराएको वोलपत्र पुस्तिकामा कुनै थपघट भए सहीछाप भएको हुनु पर्नेछ, समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाको शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाही हुनेछैन ।
९.    कार्यालयको हितलाई ध्यानमा राखी कुनैपनि कारण जनाई वा नजनाई  बोलपत्र स्वीकृत गर्ने, नगर्ने, वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
१०.    वोलपत्रमा आवश्यक कुनै शंसोधन गर्नु परेमा यस कार्यालयको सूचनापाटीमा सूचित गरिनेछ र गा.पा.को धभद कष्तभस् धधध।नबवगचष्mगल।नयख।लउ मा समेत हेर्न सकिनेछ ।
११.    प्रचलित ऐन नियम अनूुसार लाग्ने सम्पुर्ण करहरु वोलपत्रदाता स्वयंले व्यहोर्नु पर्नेछ ।
१२.    सुचनामा उल्लेख नभएका अन्य विषयहरुको हकमा सार्वजनिक खरीद ऐन , २०६३ तथा सार्वजनिक खरीद नियमावली , २०६४ एवं अन्य प्रचलित कानुन बमोजिम हुनेछ । संयुक्त उपक्रम ९व्यष्लत ख्भलतगचभ० मा काम गर्ने व्यवसायीको सम्वन्धमा सार्वजनिक खरिद नियमावली २०६४ वमोजिम हुनेछ । 
१३.     एक फर्मको नाममा खरिद गरिएको वोलपत्र कागजात अर्काे व्यक्ति वा फर्मको नामवाट दाखिला गर्न पाइनेछैन ।
१४.     शिलवन्दी वोलपत्र खरिद र दर्ता गर्ने अन्तिम दिन विदा परेमा सो पछि कार्यालय खोलेको दिन माथि उल्लेख भएका समयमा बोलपत्र खरिद, दर्ता र खोल्ने काम हुनेछ ।
१५.    यसमा लेखिएको हकमा यसै अनुसार र यस सुचनामा उल्लेख नभएका अन्य विषयहरुको हकमा सार्वजनिक खरीद ऐन , २०६३ तथा सार्वजनिक खरीद नियमावली , २०६४ एवं अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।
१६. वोलपत्र दाताहरुले भ(दष्ममष्लन ९ एएःइ को धभद कष्तभ , जततउस्रदयउिबतचब।नयख।लउ ० को माध्यमबाट समेत वोलपत्रको प्रक्यिामा भाग लिन सकिने छ ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: