FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिकाको संक्षिप्त परिचय

         नेपालमा लोकतन्त्रको स्थापना पछि गरिएको राज्य पूनसंरचना अन्तर्गत स्थानीय तहलाई ूनगरपालिका र गाउँपालिका मा विभाजन गरिएको छ । यसको साथै नेपालको संविधान २०७२ ले स्थानीय तहलाई कर, सहकारी र एफ.एम् सञ्चालन, स्थानीय सेवाको व्यवस्थापन,स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, सिंचाइ जस्ता विविध क्षेत्रमा आफ्नो शासन आफैं गर्न पाउने अधिकार तथा जिम्वेवारी पनि दिएको छ ।
बागमती प्रदेश , धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान (२०७२) बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी  गार्उँपालिका गठनगरिएकोे छ । यस  गाउँपालिकालाई  हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । 
ऐतिहासिक भनाई अनुसार तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समयमा गोरखाबाट नुवाकोट जाने क्रममा आफ्नो शिरको गजुर बिसाएकोले यस ठाउँको नाम गजुरी हुन गएको हो । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो ।  

करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउ“पालिकाको पूर्वमा गल्छी गाउ“पालिका, पश्चिमा बेनिघाट रोराङ गाउ“पालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । यो गाउ“पालिका समुद्री सतहबाट करिब ३०० देखि १३०० मिटर सम्मको उचाईसम्म फैलिएर रहेको छ । विश्व मानचित्रमा २८ डिग्री ७३ मिनेट उत्तरी अक्षांश र ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो गाउ“पालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, मगर, नेवार लगायतका जातजातिको बसोबास भएकोले यहा“को कला, संस्कृति, रीतिरिवाज र परम्परामा पनि विविधता पाइन्छ । यहा“का जनताको मुख्य पेशा कृषि भए तापनि व्यापार, वैदेशिक रोजगार, उद्योग व्यवसाय यहा“का अन्य पेशाहरु हुन् ।
    साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउ“पालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गमा पर्ने मलेखु, गजुरी, घाटबेसी, आदमघाट यहा“का मुख्य बजार क्षेत्र हुन् । भद्रकाली, सिद्धेश्वर, ओडारे महादेवस्थान, पिण्डेश्वरी, ईन्द्रायणी, सानो पशुपतिनाथ आदि यहा“का मुख्य मन्दिरहरु हुन् । माछा पाइने प्रख्यात ठाउ“ मलेखु बजार पनि यसै गाउ“पालिकामा पर्दछ ।
    नेपाली सेनाको देवीदत्त गण, आदमघाटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय, जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय समेतका सुरक्षा निकायहरु रहेको र आदर्श बहुमुखी क्याम्पस, विभिन्न मा.वि. र आधारभूत विद्यालयहरु गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्यस“ग सम्बन्धित निकायहरु सेक्टर र इलाका वन कार्यालयहरु, कृषि र पशु सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय, सीप विकास तालिम केन्द्र, कृषि सामग्री संस्थान, विद्युत प्राधिकरण जस्ता सरकारी र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरुको कार्यशीलताले यस गाउ“पालिकाको गजुरी बजारलाई दोस्रो जिल्ला सदरमुकामको रुपमा समेत लिने गरिएको छ ।
स्थानीय तहको गठनपछि आवश्यक कर्मचारी तथा भौतिक पूर्वाधारको कमीका कारण यस गाउ“पालिकाबाट प्रवाह हुने सेवा सुविधाको प्रभावकारितामा द्रुत गतिले सुधार गर्न सकिएको छैन । नेपाल सरकारको कार्यकारी आदेश २०७४ मा व्यवस्था भए अनुसार गाउ“पालिका र वडा कार्यालयमा गरी कुल ३३ जना कर्मचारीको दरबन्दी भए तापनि हालसम्म निजामती सेवाका कार्यकारी अधिकृत –१, लेखापाल –१, वडा सचिव –३ गरी जम्मा ५ जना र स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करार गरी कम्प्युटर अपरेटर –१, सहकायक चौथो तहमा कार्यरत ३ जना तथा कार्यालय सहयोगी १ जना गरी जम्मा १० जना कर्मचारी र ३ जना सामाजिक परिचालकबाट गाउ“पालिका र सबै वडा कार्यालयहरुको कार्य सञ्चालन गरिएको छ । कार्यालयको आफ्नै कार्यालय भवन नभए तापनि गजुरी बजारमा घर भाडामा लिई गजुरी गाउ“पालिकाको कार्यालय सञ्चालन गरिएको छ । यसैगरी गाउ“पालिकाको वडा नं. १, २ र ३ बाट प्रवाह हुने सेवा सुविधाहरु समेत यही कार्यालयबाट प्रदान गर्ने कार्यको थालनी गरिएको छ । यसरी नै वडा नं. ४, ५ र ६ को वडा कार्यालयबाट वडा नं. ७ र ८ को वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरु क्रमशः साविकको पिंडा र किरान्चोक गा.वि.स.को कार्यालयबाट संयुक्त रुपमा प्रवाह गर्ने काम गरिएको छ ।
सम्बत् २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहिन भई सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रभावकारिता हासिल गर्ने कार्यमा भएको कठिनाईलाई अब हल गर्ने समय आएको छ । उक्त निर्वाचन पश्चात् हाम्रो गाउ“पालिकामा आएका जनप्रतिनिधिहरुको सवल नेतृत्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

जम्मा वडा संख्या  : ८ 

जम्मा जनसंख्या  : २८७५६

पुरुष जनसंख्या  : १४४७१

महिला जनसंख्या  : १४२८५

समावेश गाविस  : गजुरी, पिडा र किरानचोक गा.वि.स.

जम्मा क्षेत्रफल  : १३८.६६ ( वर्ग कि.मी.)